पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा बिहिबारबाट सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ ।
पोखरा रंगशलामा सुरु भएको प्रतियोगितामा सन्दीप लामिछानेको बलिङ र रित गौतमको उत्कृष्ट व्याटिङको मद्धतले विजयी सुरुवात गरेको हो । बागमतीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ लाई १०९ रनले पराजित गरेको छ ।
टस हारेर पारीको सुरुवात गरेको बागमतीले ७ विकेटको क्षतीमा १८४ रन बनाएको थियो । म्यान अफ दि म्याच समेत रहेका बागमतीका रित गौतमले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७४ रनको महत्वपूर्ण पारी खेले । उनी २० औं ओभरको अन्तिम बलमा रन आउट भए । सुभ कन्साकारले २२ बल खेल्दै २७ बनाए । पावरप्लेमा नै दुई विकेट गुमाएको बागमतीको पारी रित गौतमले सम्हालेका थिए । प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट भए ।
आयोजक रातोका बिप्रासन केसीले ३ ओभरको स्पोलमा ३९ रन खर्चिएर दुई विकेट हात पारे । सन्देथ थापा र सन्तोष यादवले समान १–१ विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको आयोजक रातोलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले खत्रीले २.२ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिएपछि आयोजक रातो ७५ रनमा समेटिन पुग्यो । अमर मिश्रले र विजय प्रजापतिले समान १३/१३ रन र सन्तोष यादव १२ र निर्मल थापाले १० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
प्रतियोगिताको उदघाटन नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।
भोली शुक्रबार दुई खेल मध्ये पहिलो खेल कर्णाली र बागमती प्रदेशका विच र दोश्रो खेल गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लवका विच हुने छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’