पोखरामा सम्पन्न फिस्टेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंगशालामा सम्पन्न ३८ जना बाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् ।
नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तीन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा मोहमद फरहान तेश्रो हुँदै नगद रु २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, महिलातर्फ ५ जना बाइकर्स सहभागि थिए । महिलातर्फको एक मात्र उपाधि वर्षा बस्नेतले जितिन् । उनले नगद रु २० हजारका साथमा ट्रफी प्राप्त गरिन् ।
नेपाल रेसिङ स्पोर्टस एसोसियसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाइकर्सहरुले स्टन्ट गर्नुका साथै म्युजिकल शो समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राखेपका सदस्य राजेश गुरुङलगायतले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
पोखरा रंगशाला भित्रको पिच सडकलाई फिस्टेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरी निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले जनाएका छन् ।
उनले भने–“यो सुरुवात मात्रै हो । हामी पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरी अगाडी बढ्दैछौं । हामीलाई सबैको सहयोगको खाँचो छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु