पोखरा ११ रानीपौवामा आइतबार राति दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रपुलबाट रानीपौवातर्फ जाँदै गरेको ग१३प ७४०५ नम्बरको स्कुटर र विपरित दिशाबाट आइरहेको ग१६प ९९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल ना ५ ख १२३ नम्बरको पर्यटक बस अगाडि ठक्कर खान पुगेको थियो ।
मोटरसाइकल चालकको साथमा १९ वर्ष उमेरको क्षितिज नेपाली नाम र पोखरा ३ नदिपुर ठेगाना भएको लाइसेन्स भेटिएको छ । उनी अझै अचेत रहेको र परिवार सम्पर्कमा नआएकाले पुष्टि हुन नसकेको कास्की ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर भानु शर्माले गण्डकन्यूजलाई जानकारी दिए ।
घाइते चालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर चालक पोखरा १३ बाँझापाटन घर भएका सुदीप गुरुङ सामान्य घाइते भएका छन् । उनी उपचार पछि घर फर्किसकेका छन् ।
स्कूटर, मोटरसाइकल र बससहित चालक धादिङ गल्छीका विकी मगरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
राति पौने ११ बजे भएको घटनाको सीसीटीभी फुटेज हेर्ने काम भइरहेको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो