पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलो विरुद्ध ११० रनको सानदार जित दर्ता गरेको हो । राष्ट्रिय टोलीका खेलाडीबाट सुसज्ज्ति नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो ।
नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्धतले ३८ रन बनाउँदै शुभम खनालको बलमा पेििभलियन फर्के ।
आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिंदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे । आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम खनालले १ विकेट लिए ।
१९६ रनको विशाल रन पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १.४ ओभर वलिङ गरेका कुशल मल्लले २ रन दिएर तिन विकेट हात पारे । उनले आयोजक निलोका लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई सून्य रनमा पेभिलिएनको बाटो देखाए ।
आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिंदा ओपनर रोनिम तिवारीले १५ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट हात पारे ।
खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए ।
मधेश प्रदेश विजयी
प्रतियोगितामा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशमाथि ८ विकेटले सानदार जित निकालेको छ । सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै जित निकालेको हो ।
टस जितेको सुदुर पश्चिमले १५।५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमाउन पुग्यो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पेभिलियन फकिंदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । त्यस्तै खडक बोहोरा ९ बलको समना गर्दै एक रनमा पेभिलियन फर्किए । बसन्त कार्की ४ रन बनाए । किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिदाँ भोजराज भाट भने १० रन बनाए ।
मधेश प्रदेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए भने अनिल साहले १ विकेट लिए । मधेश प्रदेशले २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो । मधेशले ६२ रन बनायो । तिन बल फेस गरेका हरिंशकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरे पछि मधेश दवावमा परेको थियो । तर अनिल साहले जितको आधार तयार पारे । अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनााए । उनी पनि बोहोराकै बलमा आउट भए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गरे । दुवै नटआउट रहे ।
हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।
मंगलबार पहिलो खेल सुदुर पश्चिम र नेपाल पुलिस क्लव तथा दोश्रो खेल कोशी प्रदेश र नेपाल आर्मीका विच हुनेछ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो