अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनस्थलमा बुलेट बाइकमा हिँडिरहेका ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् ।
प्रदर्शनमा सहभागी हुन नआएको र घरतर्फ हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हान्ने ती इन्स्पेक्टर हुन् तिलकबहादुर बम । नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल ।’
थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर् ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ । तर, सँगै रहेका जुनियर प्रहरीहरूले भने संयमता अपनाएका छन् ।
सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्–‘हामी घर जान लाग्या मान्छे अब लुक्ने ? बोल्न नपाउने ?’ यस भिडियो मुन्तिर कमेन्टमा प्रहरी विरूद्ध चर्को आलोचना भइरहेको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’