पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई पराजित गरे ।
मंगलबार भएको महिला एकलतर्फ भारतकी साहना कमला कन्ननले भारतकै देवान्सी गोहिललाई, भारतकी इशी महेश्वरीले भारतकै श्रीया सर्मालाई, भारतकी मन्दगल्ला प्रिन्सीले थाइल्याण्डकी फिचयापक श्रीमुकलाईलाई भारतकी एन्जल पटेलले भारतकै सगुन कुमारी सगुनलाई, अमेरिकाकी प्रियंका रानाले भारतकी सिम्रन बुण्डेलालाई, हङकङकी जेन लिङ चुन वाङले भारतकी राधा सध्रालाई तथा भारतकै आर्जन खोराकीवालाले भारतकै अनिषा शिवकुमारीलाई पराजित गरिन् ।
ब्वाइज डवल्सतर्फ नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडी भारतका अखिल अयाज र दिगांत एम जोडीसंग ७–६ र ६–२ ले पराजित भए । भारतकै सौर्य भारद्वाज र रणविर सिंहको जोडीले जापानका रिकु मिगासी र इपी मात्चुसिमाको जोडीलाई, नेपालका प्रणव मानन्धर र अमेरिकाका आरब सम्राट हाडा जोडीले भारतका मिका सेट र आरब वर्माको जोडीलाई, भारतका आदित्य मोर र प्रनिल सर्माको जोडीले नेपालका सक्षम विक्रम शाह र भारतका रुद्र बाथम जोडीलाई भारतकै दक्ष कुक्रेती र आर्नव यादव जोडीले नेपालका आयुषमान हजुर घले र भारतका एस पन्चासरी जोडीलाई पराजित गरे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी