रञ्जन अधिकारी । पोखरा भित्रँदा गाडीबाट ओर्लने बित्तिकै पहिलो पाईला पृथ्वीचोकमै पर्छ । त्यसैले, पोखराको स्वागतद्वारा भन्दा यसलाई अत्युक्ति नहोला । सफा शहर भनेर चिनिने पोखराको यो स्वागतद्वारमा झर्ने बित्तिकै ७–८ वर्ष अघिसम्म फोहोरको गन्धले स्वागत गथ्र्यो । चाइनापुल क्षेत्र डम्पिङ साइट थियो । पछि, सो क्षेत्र व्यवस्थापन गरियो । मगमगाउने फूल फुलाउने नर्सरी खोलेपछि मुहारै फेरियो । त्यसबेला जस्तो फोहोर विसर्जन स्थल चाइनापुल क्षेत्र अहिले छैन । तर, ढलको उचित व्यवस्थापन नहुँदा पृथ्वीचोक छेउछाउमा ह्वास्सँ गन्ध चाहिँ आउँछ ।
पछिल्लो समय पृथ्वीचोक क्षेत्रमा अर्को जात्रा लाग्न सुरु भएको छ । ठूलो पानी पर्न हुन्न, तरकारी, फलफूलका बोक्राले सडक ढाकिन्छ । ढलको निकास नहुँदा उसै त भलबाढी सडकभर हुँदा सवारी चलाउन सकिन्न, त्यसमाथि कुहिएका सागपात, तरकारी फलफूलका बोक्राले सडक ढाकिँदा सवारी चालक, बटुवाले अर्को सास्ती खेप्नुपरेको छ ।
यो फोहोर डेढ किलोमिटर टाढाबाट रोडरोडै बगाएर पुल वरीपरी आइपुगेको हो । यो समस्या निम्त्याएको पोखराको सब्जी मण्डी भनेर चिनिने कृषि उपज बजारले ले । जहाँका व्यापारीहरुले कुहिएका काम नलाग्ने सागपात, फलफूल तरकारीका बोक्रा बाहिर राख्छन्, पानी पर्छ अनि बगाएर आफ्नो ठाउँ सफा हुन्छ । पृथ्वीचोक अस्तब्यस्त बनेको के मतलब ?
https://www.facebook.com/gandaknews/videos/874777092714544/
अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले सर्वप्रथम यो समस्यालाई सामाजिक सञ्जालमार्फत भिडियो र तस्विर पोस्ट गरी सरोकारवालाको ध्यानाकर्षण गराए । तीन दिनपछि फेरि मुुसलधारे पानी प¥यो, समस्या उही दोहोरियो । नागरिक अभियन्ता रामबहादुर पौडेलले अन द स्पट वडा प्रहरी कार्यालय बैदाममा फोन गरे । डिएसपी नविन कार्कीले प्रहरी टोली खटाए । प्रहरीले आएर आफै सफा पनि ग¥यो ।

तर, यसरी समस्या समाधान हुँदैन । फोहोर जहाँबाट निस्केको उसले यसको व्यवस्थापन गर्नपर्छ ।

कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले यो काम महानगरपालिकाको भएको बताउँछन् । उनले कारबाहीको अधिकार पनि महानगरलाई हुने बताए ।
नागरिक अभियन्ता पौडेलले वडा कार्यालय पोखरा ९, महानगरपालिकाका प्रशासकीय अधिकृतलाई समेत यसबारे ध्यानकर्षण गराएको जनाएका छन् ।

फोहोर उठाउने गाडी आएन, भलबाढीले बगायो, आज जाली हाल्यौंः अध्यक्ष लामा
कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष कुमार लामाले भने महानगरले नै फोहोर उठाउने गाडी नपठाउँदा यसको व्यवस्थापन गर्न नसकिएको प्रतिक्रिया दिए ।
सद्धे सामान बेचेर कुहिएका बोक्राहरु भलपानीले लगिहाल्छ भन्ने व्यवसायीको सोच हो ? भन्ने प्रश्नमा उनले फोहोरलाई क्यारेटमा राखेर बाहिर राख्दा ठूलो पानीले बगाएको जवाफ दिए । अध्यक्ष लामाले आजमात्रै सडकमा पुग्न नदिन जाली राखेको जानकारी दिए ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा