रञ्जन अधिकारी । पोखरा भित्रँदा गाडीबाट ओर्लने बित्तिकै पहिलो पाईला पृथ्वीचोकमै पर्छ । त्यसैले, पोखराको स्वागतद्वारा भन्दा यसलाई अत्युक्ति नहोला । सफा शहर भनेर चिनिने पोखराको यो स्वागतद्वारमा झर्ने बित्तिकै ७–८ वर्ष अघिसम्म फोहोरको गन्धले स्वागत गथ्र्यो । चाइनापुल क्षेत्र डम्पिङ साइट थियो । पछि, सो क्षेत्र व्यवस्थापन गरियो । मगमगाउने फूल फुलाउने नर्सरी खोलेपछि मुहारै फेरियो । त्यसबेला जस्तो फोहोर विसर्जन स्थल चाइनापुल क्षेत्र अहिले छैन । तर, ढलको उचित व्यवस्थापन नहुँदा पृथ्वीचोक छेउछाउमा ह्वास्सँ गन्ध चाहिँ आउँछ ।
पछिल्लो समय पृथ्वीचोक क्षेत्रमा अर्को जात्रा लाग्न सुरु भएको छ । ठूलो पानी पर्न हुन्न, तरकारी, फलफूलका बोक्राले सडक ढाकिन्छ । ढलको निकास नहुँदा उसै त भलबाढी सडकभर हुँदा सवारी चलाउन सकिन्न, त्यसमाथि कुहिएका सागपात, तरकारी फलफूलका बोक्राले सडक ढाकिँदा सवारी चालक, बटुवाले अर्को सास्ती खेप्नुपरेको छ ।
यो फोहोर डेढ किलोमिटर टाढाबाट रोडरोडै बगाएर पुल वरीपरी आइपुगेको हो । यो समस्या निम्त्याएको पोखराको सब्जी मण्डी भनेर चिनिने कृषि उपज बजारले ले । जहाँका व्यापारीहरुले कुहिएका काम नलाग्ने सागपात, फलफूल तरकारीका बोक्रा बाहिर राख्छन्, पानी पर्छ अनि बगाएर आफ्नो ठाउँ सफा हुन्छ । पृथ्वीचोक अस्तब्यस्त बनेको के मतलब ?
https://www.facebook.com/gandaknews/videos/874777092714544/
अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले सर्वप्रथम यो समस्यालाई सामाजिक सञ्जालमार्फत भिडियो र तस्विर पोस्ट गरी सरोकारवालाको ध्यानाकर्षण गराए । तीन दिनपछि फेरि मुुसलधारे पानी प¥यो, समस्या उही दोहोरियो । नागरिक अभियन्ता रामबहादुर पौडेलले अन द स्पट वडा प्रहरी कार्यालय बैदाममा फोन गरे । डिएसपी नविन कार्कीले प्रहरी टोली खटाए । प्रहरीले आएर आफै सफा पनि ग¥यो ।

तर, यसरी समस्या समाधान हुँदैन । फोहोर जहाँबाट निस्केको उसले यसको व्यवस्थापन गर्नपर्छ ।

कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले यो काम महानगरपालिकाको भएको बताउँछन् । उनले कारबाहीको अधिकार पनि महानगरलाई हुने बताए ।
नागरिक अभियन्ता पौडेलले वडा कार्यालय पोखरा ९, महानगरपालिकाका प्रशासकीय अधिकृतलाई समेत यसबारे ध्यानकर्षण गराएको जनाएका छन् ।

फोहोर उठाउने गाडी आएन, भलबाढीले बगायो, आज जाली हाल्यौंः अध्यक्ष लामा
कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष कुमार लामाले भने महानगरले नै फोहोर उठाउने गाडी नपठाउँदा यसको व्यवस्थापन गर्न नसकिएको प्रतिक्रिया दिए ।
सद्धे सामान बेचेर कुहिएका बोक्राहरु भलपानीले लगिहाल्छ भन्ने व्यवसायीको सोच हो ? भन्ने प्रश्नमा उनले फोहोरलाई क्यारेटमा राखेर बाहिर राख्दा ठूलो पानीले बगाएको जवाफ दिए । अध्यक्ष लामाले आजमात्रै सडकमा पुग्न नदिन जाली राखेको जानकारी दिए ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’