अनुप पौडेल (रिपोर्टर/बिग एफएम)
मितिः २०७५ साउन १४ । समयः ७ः२० बजेतिर । रेडियोमा साँझ ६ बजेको बिग न्युज पढिसकेर (सुमन थापा दिदीसँग) घर जाने क्रममा थिए । चिप्लेढुंगाबाट छोरेपाटन जान बसमा चढेँ । केहि समयपछि फिल्मी शैलीमा बस अगाडि दुई जना प्रहरी सवार मोटरसाइकल रोकियो ।
प्रहरीले ब्लुबुक र लाईसेन्स माग्न थाले । चालकसँग केहिबेर बहस चल्यो । त्यसको केहिबेर पछि उनीहरु फर्किए । परिचालकले चालकलाई माथि गएर आउँछु भन्यो । किन ? भनेर चालकले प्रश्न गरे । उनले जवाफ फर्काएः ’मामालाई रिचार्ज कार्ड हाल्ने पैसा चाहियो रे ।’
परिचालक थोरै माथि चोक तिर लम्किए । म पनि केहि गडबढ पक्कै छ भनेर पछि पछि लागेँ । बिग एफएम अगाडि सडकको जेब्रा क्रसिङबाट चिप्लेढुंगा चोकसम्मै पुगेँ । ति दुई प्रहरीहरु हातमा तीन चार वटा ब्लुबुक र लाईसेन्स लिएर बसिरहेका थिए । मैले हातमा मोबाइल लिएर थाहा नपाउने गरि भिडियो खिचिरहेँ ।
https://www.facebook.com/gandaknews/videos/881066652085588/
प्रहरीले तीन वडा गाडीका परिचालकहरुलाई यताउति डुलायो र कसैले नदेख्ने गरी पैसा लियो । उता फर्किएकाले भिडियोमा त्यो दृश्य परेन ।
आज हेर्दा हेर्दै नाटकीय शैलीमा राष्ट्रसेवकले यसरी घुस खाएको देखेँ । चालकले त जरिवाना तिर्नै प¥यो । तर त्यो राजश्वको ढिकुटीमा होईन ट्राफिक र नेपाल प्रहरीको खल्तीमा प¥यो । राष्ट्रसेवक यसरी २–४ सयमा बिकेको पहिलो पटक देखेँ ।
कास्की प्रहरी यस भिडियो फुटेजका आधारमा तुरुन्त पहिचान गरी कारबाही गर्न नचुकोस् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर