बागलुङ । आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा ‘बागलुङ महोत्सव २०८०’ हुन लागेको हो ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने अध्यक्ष कँडेलले बताए । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएको हुँदा महोत्सवले आर्थिक बजारलाई चलायमान बनाउने उनको भनाइ छ । महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत मेलामा राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने उनले बताए ।
हरेक तीन/तीन वर्षमा गरिँदै आएको महोत्सव अघिल्लो पटक कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको उनी बताउँछन् । सो अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीतलगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने मूल नाराको साथ आयोजना हुन लागेको महोत्सवले बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन र समग्र धौलागिरि क्षेत्रमा पर्यटक भित्राउन मद्दत पुग्ने उनी बताउँन् ।
उनले भने, ‘कोभिड–१९ पछि बागलुङको व्यापार खस्कँदै गएको छ । व्यापार बढाउन, यहाँका कला संस्कृतिको प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटकको भित्राउनका लागि महोत्सव कोशेढुङ्गा सावित हुने अपेक्षा छ । घरेलु उत्पादन, कृषि उत्पादन, जडीबुटी र हस्तकलाका वस्तुहरुको समेत प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।’
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा