नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज गोरखा आइपुगेका ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलामा बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए ।
‘बूढीगण्डकी आयोजना निर्माण गर्न ठूलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ । सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ’, उनले भने । आयोजना निर्माणका लागि आफूहरूले सरकारलाई घचघच्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । ‘नेपालका परियोजना निर्माण गर्दा फाइदा हुनेगरी बनाउन दिनुपर्छ’, उनले भने ।
आयोजना निर्माणमा ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने अध्यक्ष ओलीले बताए । उनले भने, ‘विभिन्न बाहानामा समस्या सिर्जना गर्न हुँदैन, जलाशययुक्त आयोजना तयार भएर डुबान नुहँदासम्म खेती लगाएर खाए हुन्छ, त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोड्नुपर्ने आवश्यकता छैन ।’
अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए ।
गोरखा जिल्लाका राजनीतिक दलले आगामी दिनमा गर्न सकिने कामको साझा संकल्पपत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाए ।
नेकपा एमाले गोरखाका अध्यक्ष प्रेमबहादुर गुरुङले जिल्लाका सबै राजनीतिक दलले छलफल गरेर तयार गरेको संकल्पपत्र बुझाएका हुन् । एमालेको अगुवाइमा बसेको बैठकले साझा अवधारणपत्र बनाएको थियो ।
गोरखा जिल्ला धार्मिक, सांस्कृतिक पर्यटकीय हिसाबले गौरव गर्न लायकको जिल्ला भएको अवधारणापत्रमा उल्लेख छ । त्यसैले गोरखा जिल्लाको पर्यटन विकासमा जोड दिन राजनीतिक दलले माग गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्र रूपमा अधि बढाउनु पर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गको गोरखा जिल्लामा पर्ने ६३ किलोमिटरको काम गर्नुपर्ने कुरा एमाले अध्यक्षलाई स्मरण गराइएको छ । त्यस्तै पालुङटारलाई स्मार्ट सिटी बनाउने काम पनि अलमलमा परेको भन्दै राजनीतिक दलहरूले ओलीको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाका विभिन्न सडकलाई व्यवस्थित गर्नुपर्ने, पर्यटन प्रवर्धनको कामलाई व्यवस्थित गर्नुपर्ने, गोर्खा बजारको उचित व्यवस्थापन गर्नुपर्ने, विभिन्न खानीहरूको खोज र उत्खनन गर्नुपर्ने लगायतका विषयमा गोरखाका राजनीतिक दलले ध्यानाकर्षण गराएका छन् ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।
बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो