पोखराको नयाँ पर्यटकीय गन्तव्य बनेको पुम्दीकोटमा पर्यटकहरुलाई थप आकर्षण गर्न अर्को संरचना बनेको छ । हिजोआज दैनिक जसो २ हजार, २५ सय पर्यटकहरु पुग्ने गरेको उक्त क्षेत्रमा सुमेरु पर्वत स्थापना गरिएको हो ।
पुम्दीको बिशाल महादेव मूर्ति परिसर क्षेत्रमै अर्को पर्यटकीय गन्तव्य सुमेरु पर्वत निर्माण गरिएको हो । पुम्दीकोट कोट विकास समितिले कुमार पार्वती मूर्ति सहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा स्थापना गरिएको समितिका अध्यक्ष समाजसेवी एवं उद्योगपति चन्द्रकान्त बरालले बताए ।

यसरी एउटा डाँडाको परिचय फेर्ने अभियानमा धेरैले आर्थिक तथा जग्गादान गरेका छन् । जसमा वीरगञ्जका मुरलीधर रुंगटा पनि एक हुन् । वीरगञ्ज १० निवासी रुंगटाले १ करोड ९० लाख सहयोग गरेका छन् ।
सुमेरु पर्वत निर्माणका लागि करिब २ करोड खर्च भैसकेको बताउँदै उनले उक्त परियोजनामा थप ३ करोड लगानी आवश्यक भएको बताए । उक्त परियोजनामा लाइटिङको लागि थप दुई करोड ५४ लाख र रुङगटा बैकुण्ठ हलको ईको साउण्ड कन्ट्रोलका लागि करिब ४२ लाख गरी ५ करोड लाग्ने प्राविधिक ईष्टमेट रहेको अध्यक्ष बरालले दाबी गरे ।
बिशाल महादेव मूर्ति परियोजना जस्तै गरी मूख्यदानवीर उद्योगपति, समाजसेवी, वीरगञ्ज निवासी ८६ बर्षीय मुरलीधर रुंगटा परिवारसँग सहयोगका लागि अपेक्षा गरिएको समितिले जनाएको छ ।
रुंगटा उद्योग व्यवसायका मात्र नभइ सामाजिक सेवामा समर्पित एउटा अति सम्मानित नाम हो । २०७९ सालमा सुप्रवल जनसेवा पदकबाट सम्मानित रुंगटा मारवाडी सेवा समिति वीरगञ्ज, रुंगटा वेलफेयर सोसाइटी र चाओसति ऐथि सदन मन्दिरका वर्तमान अध्यक्ष हुन् ।
यस्तै, मारवाडी सेवा दृष्टका उपाध्यक्ष एवं राष्ट्रिय मारवाडी सेवा समितिका केन्द्रीय सदस्य उनको रुंगटा कान अस्पताल वीरगञ्ज, आमाको माया चत्रवास वीरगञ्ज र अग्रवाल भवन काडमाडौंमा लगानी रहेको छ । रुंगटा ओम चावोविरो फिड, ओसिडी फुड तथा दाना, ओम एग्रो प्रोडक्ट र रुंगटा प्रोसेसिङ लगायत उत्पादनमुखी व्यावसायिक कारोबारमा आवद्ध छन् ।
रुंगटाकै सहयोगमा निर्मित सुमेरु पर्वत शनिबार उद्घाटन गरिएको छ । उनी रुंगटा र उनको परिवारलाई पुम्दीकोट कोट विकास समितिले शनिबार सम्मान गरेको छ ।

उनलाई सम्मान गर्दै गलेश्वरधाम देवघाटका पीठाधीश आत्मानन्द गिरीले नेपालमा परापूर्वकालदेखि नै वैदिक सनातन धर्म मानिँदैआएको तर पछि आएर हिन्दु धर्म भन्ने गरिएको बताए ।
उनले नयाँ पुस्तालाई अक्षर चिनाइएको तर संस्कार र सभ्यता नसिकाइएका कारण सामाजिक एकता सद्भावको भावना मेटिँदै गएको बताए । कार्यक्रममा सम्मानित रुंगटा, पूर्वमन्त्री रामजीप्रसाद बराल जीवन, प्रदेश सभा सदस्य प्रकाश बराल लागयतले शुभकामना व्यक्त गरे ।
पोखरा आउने पर्यटकको कम्तीमा १ दिन बसाइ लम्ब्याउने उद्देश्यअनुरूप साँझमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने उनको योजना छ । रुंगटाजस्तै दानवीरको सहयोगमा अहिले पनि परिमार्जित गुरुयोजना अनुसार काम चलिरहेको छ । हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेवको विशाल क्षेत्र कुण्ड (गंगापोखरी), १०८ धाराजडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समिति अध्यक्ष बरालले जानकारी दिए ।
यस्तै, २१६ शिवलिंग, १०८ स्वर्गद्वारी सिंढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा भगवान् श्रीगणेश परिक्रमा, सुमेरु पर्वतमा कुमार पार्वतीको मूर्ति, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ सटर, कम्पाउड बाल, २ सय मिटर पक्की पहुँचमार्ग लगायत संरचना निर्माण सम्पन्न भइसकेको उनले बताए ।

आगामी दिनमा मूल मूर्तिलगायत परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए । साथै, पोखरा आउने पर्यटकको कम्तीमा १ दिन बसाइ लम्ब्याउने उद्देश्यअनुरूप साँझमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने उनको योजना छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो