पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५,जिरो बस्ने २४ वर्षीया भावना बराल रहेको कास्की प्रहरीले जनाएको छ ।
पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दिउँसो सवा ४ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका अनिशा र भावनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अनिशालाई अस्पताल लग्नेबित्तिकै ४ः३९ बजे मृत घोषण गरिएको थियो ।
भावनालाई पौने ६ बजे चरक अस्पताल रेफर गरिएकोमा सवा ७ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।
कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई नियन्त्रणमा लिइएको छ । ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो । स्कुटर कार मुनि परेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन