गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ ।
गायिका शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको शब्द संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।
श्रीस गीतबाट आशावादी छिन् । समय सान्दर्भिक गीत भएकाले पनि उनलाई आशा जागेको हो । गीतमा देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशीन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ । जसमा प्रेमका भावहरु समेत समेटिएका छन् ।
एक दशक देखि ग्लोरी फेसन होम संचालन गर्दै आएकी श्रीस बुटिक एसोसिएसन नेपाल पोखराको अध्यक्ष हुन् । रोटरी क्लब अफ पोखरा मिडटाउन लगायत विभिन्न सामाजिक एवम् संस्थामा समेत आबद्ध श्रीसले ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीतहरु यसअघि सार्वजनिक भएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु