समाजमा चोरेको, लुटेको, ठगेको घटना भइरहन्छन् । समाचार तथा कुराकानीमा यसबारेमा थाहा पाइरहेका हुन्छौँ । सहयोग गरेको, दान गरेको, अरुका लागि निस्वार्थ काम गर्नेहरु विरलै हुन्छन् । यी बारे समाचार तथा चर्चा कमै सुनिन्छ ।
भनिन्छ, पैसा भनेपछि महादेवको पनि तीन नेत्र । तर, पोखराका एक २३ वर्षीय युवकले सकारात्मक सन्देश दिने काम गर्दै उदाहरण प्रस्तुत गरेका छन् । उनले सडकमा भेटेको एक लाख नोटको बिटो तत्काल प्रहरीलाई खबर गरी बुझाएका छन् ।
पोखरा १८ सराङकोट, पदेली घर भएका युवराज थापा सोमबार अपरान्ह ४ः४० बजेतिर भैरवटोलबाट अर्चलबोट जाँदै गर्दा चोकैमा १ लाखको बिटो देखे । एनआइसी एशिया बैंकको स्टीकर टाँस गरेको १००० दरको १०० नोट रहेको १ लाख बिटो देख्नेबित्तिकै सोधपुछ गरे । अनि, पुलिसलाई खबर गरिदिए । वडा प्रहरी कार्यालय, बगरबाट प्रहरीको टोली अर्चलबोट पुग्यो । र, मुचुल्का बनाई प्रहरीले बुझ्यो ।
यस ईमान्दारिताका लागि उनलाई बधाई मिलिरहेको छ । उनको फेसबुक प्रोफाइलमात्र होइन, युवाहरुको सेक्रेट फेसबुक ग्रुप ‘मेन्स रुम (रिलोडेड)’ मा पनि चर्चा छ । पोखराकै प्रदीप तिवारीले ‘एमआरआर’ मा गरेको पोष्टमा युवराजको उदार र सफा हृदयको प्रशंसा स्वरूप बधाईको ओइरो लागेको छ ।
प्रहरी आइनपुग्दै स्थानीय शुशिला शर्माले फेसबुकमा युवराजको तस्वीरसहित शेयर गरिन् । त्यहाँ पनि उनको ईमान्दारिताको चर्चा भइरहेको छ ।
कसको पैसा ? खुलेन
पैसा कसको हो भन्ने अझै खुलेको छैन । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार रकम दाबी गर्न प्रमाणका साथ सम्पर्कका लागि सूचना जारी गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन