हिजो सोमबार दिउँसो साढे ४ बजेतिर पोखरा वडा नं. १८ सराङकोट पदेलीका २३ वर्षे युवराज थापा भैरवटोल तर्फबाट अर्चलबोट जाँदै थिए ।
स्कुटरमा अघि बढ्दै गर्दा अर्चलबोट चोक नेर १ लाखको बिटो देखे । उनले टिपे र यताउति सोधे । एकछिन बस्दा पनि कसैले दाबी नगरेपछि प्रहरीलाई खबर गरे ।
वडा प्रहरी कार्यालयबाट प्रहरीको टोली अर्चलबोट पुग्यो । र, मुचुल्का बनाई प्रहरीले बुझ्यो । अहिले यो समाचार तयार पार्दासम्म कसैले पनि प्रहरीकहाँ दाबी पेश नगरेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए । वडा प्रहरीले कार्यालयको फेसबुकबाट सूचना पनि जारी गरेको उनले जनाए । सम्बन्धित धनीले प्रमाणसहित बगर प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
यतिबेला युवराजलाई धन्यवाद र बधाईको ओइरो लागेको छ । यो ईमान्दारिताको कदरस्वरुप बधाई भन्दै प्रशंसा भइरहेको छ । उनको फेसबुक प्रोफाइलमात्र होइन, युवाहरुको सेक्रेट फेसबुक ग्रुप ‘मेन्स रुम (रिलोडेड)’ मा पनि चर्चा भइरहेको छ ।
अर्को, आज मंगलबार उनलाई अमेरिका भिसा प्राप्त भएको जानकारी सम्बन्धित कन्सल्टेन्सीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्यो ।
उनले चिप्लेढुंगामा अवस्थित मिराकल इन्स्टिच्यूटबाट अमेरिकाका लागि प्रोसेस गरेका थिए ।
मिराकलका प्रबन्ध निर्देशक कुलराज बरालले मंगलबार भिसा प्राप्तिको खुशी साट्दासाट्दै इमान्दारिताको अनुपम उदाहरण प्रस्तुत गरेको सुन्दा झनै खुशी भएको अनुभव बताए ।
युवराजले पोखराकै पृथ्वीनारायण क्याम्पसबाट बीएससीआईटी उत्तीर्ण गरेर वैदेशिक अध्ययनका लागि प्रोसेस अघि बढाएका हुन् । उनले आईएलटीएसमा ७.५ ल्याई यूएसमा मास्टर अफ साइबर सेक्युरिटी पढाईका लागि स्कलरशीपमा योग्य भएका छन् ।

सम्बन्धित समाचारः
भेटिएको १ लाख तत्काल प्रहरीलाई बुझाउने सराङकोटका युवराजको इमान्दारिताको चर्चा
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु