पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक सहारा क्लब पोखरा तयारीमा जुटेको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिता नेपालमै नियमितरुपमा सञ्चालन हुने एकमात्र प्रतियोगिता हो ।
यसैबीच, मंगलबार क्लबका पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकद्वारा क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सदस्यीय मूल आयोजक समिति एवं १०१ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ ।
प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मूल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी सर्वसम्मत चयन भए । यसपालि पनि नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने आयोजकले जनायो ।
प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने अध्यक्ष बरालले बताए ।
गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हुन् ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ