पाेखरा | उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका १९ वर्षका संगम मिश्र बेपत्ता भएका छन् ।
तनहुँ घर भइ हाल पोखरा वडा नं. १६, लामाचौर बस्दै आएका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पतालको आकस्मिक उपचार कक्षमा रहेका संगम मंसिर २५ गते साँझ ६ः३० बजेदेखि बेपत्ता भएका हुन् । चिकित्सकले औषधि ल्याउन भनेपछि संगमका बुबा हरिप्रसाद मिश्र औषधि लिन बाहिर निस्किएका थिए ।
मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको डीएसपी बिकले बताए ।
तीन दिन बित्दासमेत संगमको अवस्था पत्ता नलागेपछि कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६ दीपस्थित ड्याममा खोजी गर्ने तयारी गरेको छ ।
‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’ – उनले भने, ‘भोलि पोखरा–१६ स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’
उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने जानकारी दिए । प्रहरीले बुधबार सूचना प्रकाशित गरी मंसिर २८ गते विहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी ड्यामभन्दा तलका नागरिक सतर्क हुन, नदी वरपर नजान आग्रह गरेको छ ।
यस सम्बन्धमा मणिपाल शिक्षण अस्पतालले अहिलेसम्म केही जानकारी दिएको छैन ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’