पूर्व मिस नेपाल शृंखला र कान्तिपुरका एमडी सम्भवले कसे लगनगाँठो

पूर्व मिस नेपाल शृंखला र कान्तिपुरका एमडी सम्भवले कसे लगनगाँठो

Sambhav Shrinkhala

पूर्वमिस नेपाल शृंखला खतिवडाले बिहीबार प्रेमी सम्भव स्वाँर सिरोहियासँग लगनगाँठो बाँधेकी छिन् । सम्भव कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

काठमाडौंको पाँचतारे हायत होटलमा तामझामका साथ शृंखला र सम्भवको विवाह भएको हो । सन् २०१८ की मिस नेपाल श्रृंखला दुई वर्षदेखि सम्भवसँग प्रेम सम्बन्धमा थिइन् । सम्भव सञ्चार उद्यमी कैलाश सिरोहियाका छोरा हुन् भने श्रृंखला पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र मुनु खतिवडाकी छोरी हुन् ।

बेहुलीको रातो पोशाक, शृंगार र दुबोको मालामा श्रृंखला खुलेकी छिन् । सन् २०१८ की मिस नेपाल विजेता श्रृंखला सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा अन्तिम १२ मा पुगेकी थिइन् । त्यसबेला मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ पनि जितेकी थिइन् । मिस वर्ल्डमा उनले प्रस्तुत गरेको भिडियो डकुमेन्ट्री चर्चित थियो ।

विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्तजनहरुको सहभागिता छ । दुई वर्षदेखिको प्रेम सम्बन्धपछि शृंखला र सम्भवको विवाह भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds