पोखरा । अब पालिखेचोक फराकिलो हुने भएको छ । चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु भत्काउन सुरु गरिएको छ । बिहीबार वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घरमा डोजर लगाइएको छ ।
४ जग्गाधनीमध्ये २ जनाले मुआब्जा बुझिसकेका छन् भने बाँकी २ जनाले पनि मुआब्जा बुझ्न सहमत भइसकेका छन् । बाँकी ३ घर पनि हप्तादिनभित्रै भत्काउने गरी योजना अगाडि बढिरहेको पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

वसन्त परिवारसँगै प्रदीपशंकर पालिखेले पनि घर भत्काउनका लागि मुआब्जा बुझिसकेका छन् । बसन्त उदासको नाममा सूचना जारी भएपनि सोही कित्तामा ३ जनाको संयुक्त लालपुर्जा रहेकोले तीनैजनाको नाममा रकम निकासा गरिएको महानगरपालिकाले जनाएको छ । मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिबर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको छ । पालिखेचोकको १ सय ९९ वर्गमिटर जग्गा अधिग्रहण गरिएको छ ।

वसन्त परिवारले ७६ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जा बुझिसकेका थिए । घरको क्षतिपूर्ति ४ लाख ११ हजार ५० र जग्गाको क्षतिपूर्ति ७२ लाख ७२ हजार रुपैयाँसहितको मुआब्जा उनीहरुले बुझेपछि घर भत्काइएको हो ।
यस्तै किशोरीदेवी श्रेष्ठ, प्रदीप शंकर पालिखे र कृष्णमान श्रेष्ठको घर पनि भत्काउन मुआब्जा निर्धारण भइसकेको छ । किशोरीदेवीले ७३ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जामा सहमति गरिसकेकी छन् भने प्रदीपशंकरले पनि ४४ लाख ६२ हजार ८ सय ९१ रुपैयाँ मुआब्जा लिने सहमति जनाइसकेका छन् । कृष्णमान श्रेष्ठको नाममा रहेको घर भत्काउन ६४ लाख २१ हजार ७ सय ५२ रुपैयाँ मुआब्जा लिएर घर भत्काउने सहमति भएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।

पहिलो चरणमा उदास परिवारको घर भत्काईएको र बाँकी रहेका घरहरु पनि १५ दिनभित्रै भत्काईसक्ने वडाध्यक्ष बास्तोलाले जानकारी दिए । ‘टेलिकमको बाक्सा सार्नुपर्नेछ । एउटा घर भत्काएपछि बाक्सा सार्न मिल्छ, उनले भने–त्यो सारिसकेपछि बाँकी रहेका घरहरुपनि भत्काउँछौं ।’
वडा नम्बर ३ अन्तर्गत पालिखेचोक अन्तर्गत सडक मापदण्डभित्र परेका र नयाँ घर बनाउनसमेत नमिल्ने जग्गामा रहेको घर भत्काउन यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो । लामो समयदेखि विवादित रहेको पालिखेचोकका घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

यी घर भत्काइएसँगै अब पालिखेचोक पनि फराकिलो हुने भएको छ । साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । ४ दशकअघि नै तत्कालीन अञ्चलाधीश शंकर पाठकले पनि ती घर भत्काएर सडक फराकिलो बनाउन खोजेको जानकार बताउँछन् । स्थानीयको बिरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।
पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे । नयाँ संरचनामा जनप्रतिनिधी निर्वाचित भएकै वर्षदिनभित्र मापदण्डभित्रका घर भत्काउन सफल भएको हो । विहिबार बसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको जग्गाभित्रको दुईतले घर भत्काईएको हो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो