सेतीमा संगमको शव खोज्दा अर्को शव पनि भेटियो, नदिपुरका उमेशको शव पुष्टि

सेतीमा संगमको शव खोज्दा अर्को शव पनि भेटियो, नदिपुरका उमेशको शव पुष्टि

dead-tattoo

पोखराको रामघाटस्थित सेती नदीमा बेवारिसे अवस्थामा भेटिएका युवाको पहिचान खुलेको छ।

तनहूँ घर भएका लामाचौर निवासी संगम मिश्रको खोजीका लागि भन्दै सेती नदीको बाँध खोलेर गरिएको खोजीका क्रममा विहिबार दिउँसो साढे तीन बजेतिर सडेगलेको अवस्थामा रामघाटस्थित सेती नदीको बीचमा रहेको ढुङ्गामा एक पुरूषको शव फेला परेको थियो।

उक्त शव पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर निवासी ३८ वर्षीय उमेश गुरुङको भएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शव सडेगलेको अवस्थामा भए पनि बायाँ पाखुरामा My Life लेखी महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा LIZA लेखिएको ट्याटुको चिन्ह प्रष्ट देखिइएको थियो।  शवको पहिचान नखुले पछि प्रहरीले सार्वजनिक सूचना जारी गरेर सनाखतका लागि आव्हान गरेको थियो। .

शवको फोटो देखेर उनका माइला दाजु दिनेश गुरुङले  भाइ भएको भन्दै सनाखत गरिदिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण कुमार बिकले जानकारी दिए। उमेश गुरूङ गएको मंसीर १७ गतेदेखि हराएको भन्दै आफन्तले प्रहरीलाई जानकारी दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds