पोखरा । पर्यटकिय शहर पोखराको फेवा ताल किनारामा १ करोडमा नेपाली राष्ट्रिय झण्डा राखिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँगको सहकार्यमा माछापुच्छ्रे छायाँ र १ सय मिटर अग्लो नेपाली राष्ट्रिय झण्डा तालमा देखिने गरी पार्क बनाउन लागेको हो ।
ड्यामसाइडस्थित पार्कमा उक्त बृहत नेपाली झण्डा बनाइने गण्डकी प्रदेशका आर्थिक मामिला/योजना मन्त्री किरण गुरुङले जानकारी दिए । उनले फेवातालमा माछापुच्छ्रेको छायाँ सँगै नेपाली झन्डा पनि देखिने गरि उक्त संरचना तयार हुने बताए।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी फेवा संरक्षणमा जोड दिदै पर्यटक लक्षित योजनाहरु आरम्भ गर्ने प्रदेश सरकारको कार्ययोजना अन्तर्गत उक्त कार्य प्रारम्भ गर्न लागिएको उनले जानकारी दिए। फेवाताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाई हुने भएकाले यसको थप आकर्षणको रुपमा नेपाली झण्डा बनाउन लागिएको मन्त्री गुरुङले बताए ।
अहिलेसम्म फेवातालमा परेको माछापुच्छ्रे छायाँसँगै फोटो खिचेर जान सकिन्थ्यो भने अब नेपालको झन्डा पनि फोटोमा कैद हुनेछ । ‘पोखरा नेपाल’ लेखिएको नेपाली झन्डा पनि माछापुच्छ्रे छायाँसँगै देखिने छ। यसलाई झण्डा पार्कको रुपमा विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा सम्पन्न हुने यो योजनालाई मन्त्रिपरिषदले पारित गरिसकेको छ । सम्भाब्यता अध्ययन पनि पुरा भइसकेको छ । महानगर पालिकाले यसको अध्ययन गरेर झण्डै १ करोड रुपैयाँ लागत लाग्ने प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको छ ।
महानगरपालिकाको यो प्रस्ताव बुधबारको मन्त्रिपरिषद बैठकले पनि स्विकृत गरिसकेको छ । मन्त्रिपरिषद्ले नै यो योजनालाई स्विकृत गरेपछि योजना अब टेण्डर प्रक्रियामा जाने सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
टेण्डर प्रक्रियामा गईसकेपछि लाग्ने लागतमा सरकारले समपुरक अनुदानबाट र महानगरपालिकाले ५० र ५० प्रतिशत लगानी गर्नेछन् । टेण्डर भने महानगरपालिकाले आह्वान गर्नेछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’