पोखरा । पर्यटकिय शहर पोखराको फेवा ताल किनारामा १ करोडमा नेपाली राष्ट्रिय झण्डा राखिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँगको सहकार्यमा माछापुच्छ्रे छायाँ र १ सय मिटर अग्लो नेपाली राष्ट्रिय झण्डा तालमा देखिने गरी पार्क बनाउन लागेको हो ।
ड्यामसाइडस्थित पार्कमा उक्त बृहत नेपाली झण्डा बनाइने गण्डकी प्रदेशका आर्थिक मामिला/योजना मन्त्री किरण गुरुङले जानकारी दिए । उनले फेवातालमा माछापुच्छ्रेको छायाँ सँगै नेपाली झन्डा पनि देखिने गरि उक्त संरचना तयार हुने बताए।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी फेवा संरक्षणमा जोड दिदै पर्यटक लक्षित योजनाहरु आरम्भ गर्ने प्रदेश सरकारको कार्ययोजना अन्तर्गत उक्त कार्य प्रारम्भ गर्न लागिएको उनले जानकारी दिए। फेवाताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाई हुने भएकाले यसको थप आकर्षणको रुपमा नेपाली झण्डा बनाउन लागिएको मन्त्री गुरुङले बताए ।
अहिलेसम्म फेवातालमा परेको माछापुच्छ्रे छायाँसँगै फोटो खिचेर जान सकिन्थ्यो भने अब नेपालको झन्डा पनि फोटोमा कैद हुनेछ । ‘पोखरा नेपाल’ लेखिएको नेपाली झन्डा पनि माछापुच्छ्रे छायाँसँगै देखिने छ। यसलाई झण्डा पार्कको रुपमा विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा सम्पन्न हुने यो योजनालाई मन्त्रिपरिषदले पारित गरिसकेको छ । सम्भाब्यता अध्ययन पनि पुरा भइसकेको छ । महानगर पालिकाले यसको अध्ययन गरेर झण्डै १ करोड रुपैयाँ लागत लाग्ने प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको छ ।
महानगरपालिकाको यो प्रस्ताव बुधबारको मन्त्रिपरिषद बैठकले पनि स्विकृत गरिसकेको छ । मन्त्रिपरिषद्ले नै यो योजनालाई स्विकृत गरेपछि योजना अब टेण्डर प्रक्रियामा जाने सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
टेण्डर प्रक्रियामा गईसकेपछि लाग्ने लागतमा सरकारले समपुरक अनुदानबाट र महानगरपालिकाले ५० र ५० प्रतिशत लगानी गर्नेछन् । टेण्डर भने महानगरपालिकाले आह्वान गर्नेछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो