पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो ।
योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ ।
पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुनेछ ।
इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशिष पुरीका अनुसार प्रख्यात योगा मेन्टरर्स जायन (विन्यास योगा), योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् ।
माछापुच्छ्रे, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाउँदै छन् ।
स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिए ।
‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ प्रचारका पुरी भन्छन् – ‘अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।’
योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको ठम्याई छ ।
पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिवल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो ।
कार्यक्रम तालिका




सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह