पोखरा । पोखराको लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने र महिलालाई जिस्काउनेदेखि विभिन्न कसुरमा संलग्न १० जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
लेकसाईडमा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दवाव दिने, नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरान गरी आँतङ्कित पारेको आरोपमा प्रहरीले पुस २ गते सोमबार राती पौने १२ बजे विजिवि गल्लीबाट पाँचजनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा पोखरा–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीषमगर, कास्कीको माछापुच्छ्रे गाउँपालिका- ५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा–६, ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६, जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन् । पक्राउ परेकाहरुले प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै अपशब्द बोल्दै विवाद गरेका थिए ।
यस्तै, मंगलबार बिहान गल्ली नं. ४ अगाडि सडकमा मादक पदार्थ सेवन गरी मर्निङवाकमा जाने महिलाहरुलाई अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा उल्टै घाईते हुने गरी स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका- १२ घर भई हाल पोखरा–६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको छ ।
त्यसैगरी, सोमबार राती पौने १२ बजेको समयमा लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङ, काठेखोला गाउँपालिका- ५ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका- १ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, सोही दिन बेलुकी ५ बजे पोखरा–९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुलाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन