नेपालकै लामो मानिएको पर्वतको पाङ र बागलुङको बाङ्गेचौर जोड्ने पुलबाट खसेर आज एक युवकको मृत्यु भएको छ ।
अपरान्ह ५ः४५ बजेतिर झोलुङ्गे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।
पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । १३८ मिटर अग्लो पुलबाट थापा कसरी एक्कासी खस्न पुगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मान्छे खसेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइसकेको थियो ।
सम्बन्धित खबर
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग