पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।
पोखरास्थित अमरसिंहचौरमा सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
३३ वर्षीय रानाभाट लमजुङको साविक तार्कुघाट नगरपालिका-२ (हाल राइनास नगरपालिका-८) घर भई चिप्लेढुंगामा बस्दै आएका छन् ।
प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिएको छ । कार्यकर्ताले भने ढुंगा हानेको भनेर आक्रमण गरे ।
हाल रानाभाट जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी नियन्त्रणमा रहेका छन् ।
मलाई खोया हान्नेलाई फूलको थुंगा दिएर घर पुर्याउनूः रवि
रास्वपा अध्यक्ष रवि लामिछानेले भने सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई प्रहार गर्ने पात्रलाई फूलको थुंगा दिएर घर पुर्याउन भनेका छन् । आफूमाथि जस्तोसुकै आक्रमण भएपनि आफ्नो अभियान जारी रहने उनले बताए ।
रबि तनहुँ, स्याङ्जामा कार्यक्रममा सहभागी भएर कास्की आएका हुन् । आजै शनिबार पोखराको जिरो किमिमा प्रदेश कार्यालय उद्घाटन गरी माछापुच्छ्रे गाउँपालिकास्थित महेन्द्र माविमा भेलामा सहभागी भए ।
Video Credit: HB Tamrakar Facebook
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन