पोखरा । कविता गाउँका प्रणेता कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
लुम्ले कविता गाउँ समितिको शनिबार सम्पन्न बैठकले यही पौष २० गते गौचनको व्यक्तित्व र कृतित्व परिचर्चाका साथै विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी स्मृति दिवस मनाउने संस्थाका अध्यक्ष भरत देवकोटाले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका –६ लुम्लेका अध्यक्ष एकदेव देवकोटाले विनोद गौचनको योगदानलाई स्मरणीय बनाउन निरन्तर क्रियाशील रहँदै आएकोमा अब प्रतिमा स्थापनालाई पूर्णता दिन वडाले सक्दो सहयोग गर्ने बताए ।
गौचनका दाजु विश्वमोहन गौचनले लुम्ले कविता गाउँ समितिले लुम्लेको पहिचानलाई थप उचाइमा पु¥याउन कविता गाउँको प्रचारप्रसारमा जोड दिन आग्रह गरे । साथै उनले विनोदको प्रतिमा स्थापनाका लागि जग्गा व्यवस्थापन भएपछि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचनवद्धतासमेत व्यक्त गरे ।
बैठकले लुम्लेमा विनोद गौचनको प्रतिमा स्थापनाका लागि समितिका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा समिति गठन गरेको छ । समितिमा संस्थाका सल्लाहकार असफल गौतम, सचिव सुवास गुरुङ, पूर्व सचिव सुनिल देवकोटा, वडा ६ का वडाध्यक्ष एकदेव देवकोटा र गौचनका दाजु विश्वमोहन गौचन रहेका छन् ।
गौचनको परिकल्पनामा २०६५ चैत्र १५ गते लुम्लेलाई कविता गाउँ घोषणा गरिएको थियो । त्यसको ५ वर्षपछि २०७० पौष २० गते निधन भएका गौचनकोे स्मरणमा समितिले हरेक वर्ष विविध कार्यक्रमका साथ स्मृति दिवस र जन्मजयन्ती विशेष समारोह सञ्चालन गर्दै आएको संस्थाका सचिव सुवास गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’