पोखरा । कविता गाउँका प्रणेता कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
लुम्ले कविता गाउँ समितिको शनिबार सम्पन्न बैठकले यही पौष २० गते गौचनको व्यक्तित्व र कृतित्व परिचर्चाका साथै विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी स्मृति दिवस मनाउने संस्थाका अध्यक्ष भरत देवकोटाले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका –६ लुम्लेका अध्यक्ष एकदेव देवकोटाले विनोद गौचनको योगदानलाई स्मरणीय बनाउन निरन्तर क्रियाशील रहँदै आएकोमा अब प्रतिमा स्थापनालाई पूर्णता दिन वडाले सक्दो सहयोग गर्ने बताए ।
गौचनका दाजु विश्वमोहन गौचनले लुम्ले कविता गाउँ समितिले लुम्लेको पहिचानलाई थप उचाइमा पु¥याउन कविता गाउँको प्रचारप्रसारमा जोड दिन आग्रह गरे । साथै उनले विनोदको प्रतिमा स्थापनाका लागि जग्गा व्यवस्थापन भएपछि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचनवद्धतासमेत व्यक्त गरे ।
बैठकले लुम्लेमा विनोद गौचनको प्रतिमा स्थापनाका लागि समितिका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा समिति गठन गरेको छ । समितिमा संस्थाका सल्लाहकार असफल गौतम, सचिव सुवास गुरुङ, पूर्व सचिव सुनिल देवकोटा, वडा ६ का वडाध्यक्ष एकदेव देवकोटा र गौचनका दाजु विश्वमोहन गौचन रहेका छन् ।
गौचनको परिकल्पनामा २०६५ चैत्र १५ गते लुम्लेलाई कविता गाउँ घोषणा गरिएको थियो । त्यसको ५ वर्षपछि २०७० पौष २० गते निधन भएका गौचनकोे स्मरणमा समितिले हरेक वर्ष विविध कार्यक्रमका साथ स्मृति दिवस र जन्मजयन्ती विशेष समारोह सञ्चालन गर्दै आएको संस्थाका सचिव सुवास गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन