पोखरा । पोखरामा पहिलो पटक खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुँदै छ ।
अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सह–आयोजनामा यहि डिसेम्बर ३० र ३१ मा उक्त प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशभरीका करिव २ सय ५० जना भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने छन् ।
सोहि खेलाडीहरुले प्याट्रन तर्फ पहेँलो, हरियो, हरियो, निलो, निलो, रातो पेटीको लागि प्रतिस्पिर्धा हुने छ । त्यसैगरी स्पाईरिङ्ग तर्फ २०–२५, ३०–३५, २५–३०, ३५–४०, ३०–३५, ४०–४५, ३५–४०, ४५–५०, ४०–४५, ५०–५५, ४५–५०, ५०–५५, ५५–६०, ६० के.जी. तौल समुहमा प्रतिस्पिर्धा हुने संयोजक बुढामगरको भनाई छ ।
खेल पर्यटन मार्फत पोखरालाई प्रवद्धन गर्ने, प्रतिभावान खेलाडीहरुको पहिचान, खेलाडीहरुको थप स्तर अभिवृद्धि तथा कदर गर्ने, सफल तथा असल खेलाडी बन्ने हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रदेश सांसद देर्ण कुवँरले उद्धघाटन गर्ने कार्यक्रम पोखरा १ स्थित अञ्जुलीमा.वि.को.प्राङ्गणमा सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन