पोखरा । पोखरामा पहिलो पटक खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुँदै छ ।
अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सह–आयोजनामा यहि डिसेम्बर ३० र ३१ मा उक्त प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशभरीका करिव २ सय ५० जना भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने छन् ।
सोहि खेलाडीहरुले प्याट्रन तर्फ पहेँलो, हरियो, हरियो, निलो, निलो, रातो पेटीको लागि प्रतिस्पिर्धा हुने छ । त्यसैगरी स्पाईरिङ्ग तर्फ २०–२५, ३०–३५, २५–३०, ३५–४०, ३०–३५, ४०–४५, ३५–४०, ४५–५०, ४०–४५, ५०–५५, ४५–५०, ५०–५५, ५५–६०, ६० के.जी. तौल समुहमा प्रतिस्पिर्धा हुने संयोजक बुढामगरको भनाई छ ।
खेल पर्यटन मार्फत पोखरालाई प्रवद्धन गर्ने, प्रतिभावान खेलाडीहरुको पहिचान, खेलाडीहरुको थप स्तर अभिवृद्धि तथा कदर गर्ने, सफल तथा असल खेलाडी बन्ने हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रदेश सांसद देर्ण कुवँरले उद्धघाटन गर्ने कार्यक्रम पोखरा १ स्थित अञ्जुलीमा.वि.को.प्राङ्गणमा सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’