पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी काम व्यवस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभावकारिताका साथ लाग्न आग्रह गरे ।
उपमहासचिव गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिँडाउन सक्ने कुरा वर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गरे ।
एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू सुढृढ पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गरे। बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउँदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गरे ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमना एकता सहित कटिबद्धताका साथ लागिपर्न आग्रह गरे । अधिकारीले लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको भन्दै अनेकन अफवाहलाई चिर्दै जनताको बीचमा जानुपर्ने उल्लेख गरे ।
बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य विभाजन गरेको छ । जस अनुसार गण्डकी प्रदेशका निर्वाचन क्षेत्र, भुगोल जिल्ला, पालिका, जनवर्गिय संगठनसहित विभिन्न विभागीय जिम्मेवारी तोकेको सचिव धनन्जय दवाडीले जानकारी दिए ।
सचिव दवाडीका अनुसार पार्टीबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षणसहित प्रथम अधिवेशनबाट निर्वाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाई नेतृत्व विकास कार्यशाला समेत आयोजना गर्ने निर्णय भएको छ।
बैठकले जनवर्गिय संगठनको अधिवेशन माघभित्र तथा जिल्ला अधिवेशन चैत्रभित्र सम्पन्न गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।

बैठकले पार्टीको प्रदेश कार्यालय संचालनका लागि भवन किन्ने निर्णय गरेको छ भने पहिलो अधिवेशनबाट निर्वाचित छुट सदस्यहरूको सपथ समेत सम्पन्न गरेको अधिकारीले जानकारी दिए ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो