पोखरा । रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितीय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितीयले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे ।
विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए ।
सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ्ग द्धितिय तथा बेन्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । वेट्रेसफर्त बेन्जनकी मोनिका नेपाली प्रथम, बेन्जनकै माया घले द्धितिय तथा बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले नगद ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । विजेतालाई प्रायोजक कोकाकोला कम्पनीका प्रतिनिधी, रेवान पोखराका पूर्वाध्क्ष बलराम पहारी लगायले पुरस्कृत गरे ।
मःम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ्ग प्रथम, गोबिन गाहा द्धितिय तथा खगेन्द्र अर्याल तृतीय भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्धितिय तथा विष्णु थापा मगर तृतीय भए । उनीहरुलाई रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले विशेष पुरस्कार प्रदान गरे ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ