पर्वतमा तरुल खोज्न गएका युवाको हत्या

पर्वतमा तरुल खोज्न गएका युवाको हत्या

Hatyaa

सांकेतिक तस्विर

पर्वत । पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।

उनीसँगै तरुल खोज्न गएका व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ ।

रिजालसँग सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए ।

रिजाललाई प्रेमबहादुर नेपालीले तरुल खन्न प्रयोग गरिएको हतियारले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नेपालीको आक्रमणपछि अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेपालीको आक्रमणबाट श्रीराम शर्मा पनि घाइते भएका छन् । शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ