भारतमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा स्याङ्गजाका दम्पती पक्राउ

भारतमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा स्याङ्गजाका दम्पती पक्राउ

Tikaram-and-tikakumari

काठमाण्डौ। भारतमा यौन व्यवसाय संचालन गरी नेपाली युवतीहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ।

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गरी नेपाली युवतीहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्गजाका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी “रिया” भनिने टिका कुमारी वली छन्।

उनीहरूले विभिन्न होटल, रेष्टुरेन्ट तथा फेन्सी पसलहरूमा आकर्षक जागिरको प्रलोभन देखाइ नेपालबाट युवतीहरूलाई दिल्ली बोलाएर आफैले भाडामा संचालन गरेको अपार्टमेन्टमा जबर्जस्ती यौन क्रियाकलापमा संग्लग्न गराएको मानव वेचविखन अनुसन्धान ब्यूरो काठमाण्डौले जनाएको छ।

ब्यूरोका अनुसार ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने र आम्दानी भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको खुलेको छ।

हाल उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा पुस ११ गते कंचनपुरबाट पक्राउ गरिएको र थप अनुसन्धान कार्य अगाडि बढाइएको ब्यूरोले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ