काठमाण्डौ। भारतमा यौन व्यवसाय संचालन गरी नेपाली युवतीहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ।
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गरी नेपाली युवतीहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्गजाका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी “रिया” भनिने टिका कुमारी वली छन्।
उनीहरूले विभिन्न होटल, रेष्टुरेन्ट तथा फेन्सी पसलहरूमा आकर्षक जागिरको प्रलोभन देखाइ नेपालबाट युवतीहरूलाई दिल्ली बोलाएर आफैले भाडामा संचालन गरेको अपार्टमेन्टमा जबर्जस्ती यौन क्रियाकलापमा संग्लग्न गराएको मानव वेचविखन अनुसन्धान ब्यूरो काठमाण्डौले जनाएको छ।
ब्यूरोका अनुसार ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने र आम्दानी भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको खुलेको छ।
हाल उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा पुस ११ गते कंचनपुरबाट पक्राउ गरिएको र थप अनुसन्धान कार्य अगाडि बढाइएको ब्यूरोले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा बियर खुवाएर महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ
पोखरामा लागु औषधसहित एक महिला पक्राउ
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग