गणितीय हाजिरीजवाफमा न्यू मोडलका दाजुभाइ प्रथम

गणितीय हाजिरीजवाफमा न्यू मोडलका दाजुभाइ प्रथम

Ganit

पोखरा । गणित शिक्षा परिषद्, कास्की आयोजनामा कास्कीका माध्यमिक विद्यालयहरुका विद्यार्थीबीच १६ औं चरणको गणितीय हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

सैनिक आवासीय महाविद्यालयमा भएको प्रतियोगितामा पोखरा नागढुंगास्थित न्यू मोडल प्रथम भयो । न्यू मोडलका एरिज पोख्रेल (कक्षा १०) र अनिज पोख्रेल (कक्षा ८) को टिम प्रथम भएको हो । उनीहरु सहोदर दाजुभाइ हुन् ।

यस्तै, गण्डकी आवासीय बोर्डिङ स्कुल दोस्रो र बालोदय (ख) ले तेस्रो भए । उनीहरुले क्रमशः १२, ८ र ६ हजार प्राप्त गरे । सान्त्वना भएका बालोदय (क), माछापुच्छे« मावि र अमरसिंह माविले २÷२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

गत ८ पुसदेखि कास्कीका ४ पालिकाका ३० विद्यालय र १३ पुसमा पोखरा महानगरका ८६ विद्यालय गरी कुल १ सय ६ विद्यालयहरुबीच भएको छनौट चरण १८ विद्यालय छानिएका थिए । तीमध्ये सेमिफाइनलमा परेका विद्यार्थीबीच १४ पुसमा पुनः प्रतियोगिता हो ।

प्रतियोगिताको औपचारिक सत्रमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्राडा मीनबहादुर श्रेष्ठ, विश्वविद्यालय शिक्षकतर्फबाट भद्रराज त्रिपाठी, सामुदायिक विद्यालय शिक्षकमध्ये जनजागृति मावि, सराङकोटका घनश्याम रेग्मी, संस्थागत विद्यालय शिक्षकमध्ये मदरल्यान्डका देवेन्द्र भट्टराई तथा विद्यावारिधि गर्ने आजीवन सदस्यद्वय खरिका पराजुली र ईश्वरमणि अधिकारीलाई सम्मान गरिएको थियो ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, सैनिक आवासिय मावि प्राचार्य राजेन्द्रकुमार लाखे लगायतले उनीहरुलाई दोसल्ला एवं प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

परिषद् अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष खगेन्द्र बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ