काठमाण्डौ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै पीडितहरू बाट १० करोड भन्दा बढी रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक ट्रेनिङ सेन्टरका संचालकलाई पक्राउ गरेको छ।
ललितपुर कोन्ज्योसोम गाउँपालिका- १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई १० करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा सोमबार दिउँसो पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनका अनुसार लामाले पीडितहरूलाई लिथुआनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभावनमा पारी उनीहरूबाट प्रतिव्यक्ति ५ लाखदेखि १५ लाखसम्म लिएर पनि पठाउन सकेका थिएनन्। भने, पठाएका केही व्यक्तिलाई सिंगापुर पुगेपछि विमानस्थलबाटै फर्काएका थिए।
पछि पीडितहरूले आफूहरु ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा लामा विरूद्ध उजूरी दिएकोमा फरार रहँदै आएका लामालाई सोमबार दिउँसो साढे ३ बजे काठमाण्डौको शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पश्चात प्रारम्भिक अनुसन्धानका क्रममा लामाले थुप्रै बेरोजगार युवाहरूबाट १० करोड भन्दा बढी रकम उठाएको र उनले संचालन गरेको ट्रेनिङ सेन्टरमा खानतलासी गर्दा ९९७ वटा राहदानी बरामद भएको प्रहरीले जनाएको छ।
हाल उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको विभागले जनाएको छ।

सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो