काठमाण्डौ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै पीडितहरू बाट १० करोड भन्दा बढी रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक ट्रेनिङ सेन्टरका संचालकलाई पक्राउ गरेको छ।
ललितपुर कोन्ज्योसोम गाउँपालिका- १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई १० करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा सोमबार दिउँसो पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनका अनुसार लामाले पीडितहरूलाई लिथुआनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभावनमा पारी उनीहरूबाट प्रतिव्यक्ति ५ लाखदेखि १५ लाखसम्म लिएर पनि पठाउन सकेका थिएनन्। भने, पठाएका केही व्यक्तिलाई सिंगापुर पुगेपछि विमानस्थलबाटै फर्काएका थिए।
पछि पीडितहरूले आफूहरु ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा लामा विरूद्ध उजूरी दिएकोमा फरार रहँदै आएका लामालाई सोमबार दिउँसो साढे ३ बजे काठमाण्डौको शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पश्चात प्रारम्भिक अनुसन्धानका क्रममा लामाले थुप्रै बेरोजगार युवाहरूबाट १० करोड भन्दा बढी रकम उठाएको र उनले संचालन गरेको ट्रेनिङ सेन्टरमा खानतलासी गर्दा ९९७ वटा राहदानी बरामद भएको प्रहरीले जनाएको छ।
हाल उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको विभागले जनाएको छ।

सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’