तनहूँबाट खेलेका धादिङका सन्दीपको एकै खेलमा ९ विकेटको कीर्तिमान

क्रिकेट

तनहूँबाट खेलेका धादिङका सन्दीपको एकै खेलमा ९ विकेटको कीर्तिमान

sandeep

पोखरा — तनहुँ टीमबाट खेलेका सन्दीप पराजुलीले पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको एकै खेलमा ९ विकेट लिएका छन् ।

काठमाडौंको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिदैं आएका उनी धादिङका हुन् । तर, नेपाल क्रिकेट संघबाट धादिङले मान्यता पाइनसकेकाले उनी तनहुँबाट खेलेका हुन् ।

पोखरा रंगशाला क्रिकेट मैदानमा आइतबार नवलपुरलाई पराजित गर्ने क्रममा चामत्कारिक प्रदर्शन गर्दै ९ विकेट लिएका हुन् ।

राष्ट्रिय स्तरको क्रिकेटको प्रतियोगितामा यो दोस्रो उत्कृष्ट बलिङ प्रर्दशन हो । वीरगन्जबाट खेल्दै तीब्र बलर अविनाश कर्णले २०६५ को यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध सबै १० विकेट लिएका थिए ।

प्लेयर अफ द म्याच घोषित सन्दीपले आफूले लिएको विकेट अनपेक्षित भएको प्रतिक्रिया दिए ।

टस जितेको तनहुँ २८.४ ओभरमा १ सय १० रन मै अलआउट भयो । सन्दीपको सानदार पछि १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वी नवलपरासी १ सय रनमा नै समेटियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds