पोखरा घुम्न आएपछि प्याराग्लाइडिङ चढेर हावामा कावा खाने रहर सबैलाई लाग्छ । केही समय अघिसम्म एक उडानकै १२ हजार रुपैंया शुल्क तिर्नुपर्दा कतिले आँट्न सकेका थिएनन् ।
प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि अहिले भने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले ३ देखि ४ हजार रुपैयाँमा उडाउन थालेका छन्। १५ देखि २० मिनेट उड्न सक्नेछन् ।
प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै २ सातासम्म उडान अवरुद्ध भएको थियो।
हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो।
अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यवसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यवसायीले नै बताएका छन्।
व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो