काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पीडितहरूबाट रकम उठाएर ठगी गरी फरार भएको अभियोगमा प्रहरीले दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भइ हाल काठमाडौंको टोखा -५ धापासी बस्दै आएका क्यापिटल मेनपावरको संचालक ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका -४ घर भइ हाल ललितपुर – १५ सातदोबाटो बस्दै आएका ३४ वर्षीय विक्रम दाहाल छन् ।
प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि माल्टामा प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट कूल ८ लाख ९० हजार ठगी गरेका थिए । उनीहरूले रकम ठगेको भन्दै पीडितहरूले जाहेरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले टंकलाई बसुन्धरा र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो