काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पीडितहरूबाट रकम उठाएर ठगी गरी फरार भएको अभियोगमा प्रहरीले दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भइ हाल काठमाडौंको टोखा -५ धापासी बस्दै आएका क्यापिटल मेनपावरको संचालक ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका -४ घर भइ हाल ललितपुर – १५ सातदोबाटो बस्दै आएका ३४ वर्षीय विक्रम दाहाल छन् ।
प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि माल्टामा प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट कूल ८ लाख ९० हजार ठगी गरेका थिए । उनीहरूले रकम ठगेको भन्दै पीडितहरूले जाहेरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले टंकलाई बसुन्धरा र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’