पाेखरा । पाेखराकाे न्यूराेड स्थित भाटभटेनी परिसरमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाईते भएकी छन् ।
ग्राउण्ड फ्लाेरकाे पार्किङ स्थलमा जाने क्रममा अाेरालाेमा पुग्ने ठाउँमा एक्कासी स्कुटर चिप्लिँदा पाेखरा सिम्पानीकी बिन्दु तामाङकाे दाहिने खुट्टा भाँच्चिएकाे हाे । उनकाे नली खुट्टा छालाले मात्र छुट्टिन बाँकी हुने गरी भाँच्चिएकाे छ । हड्डी नै पुरै भाँचिदा खुट्टा नै दुइ टुक्रा भएको छ ।
ग१०प ३९४३ नम्बरकाे स्कुटरमा सवार उनी पानी परेका बेला अत्यन्त चिप्लाे हुने साे ठाउँमा अाफूलाई नियन्त्रण गर्न नसक्दा एक्कासी लडेकी हुन् । उनलाई तत्काल मेट्राे सिटी हस्पिटल लगिएकाे छ ।
शनिबार अत्यन्त भिड, पानी पर्दा चिप्लाे भएकाले पनि साे ठाउँमा सवारी चलाउँदा डरमर्दाे छ । बाहिर पर्याप्त स्थान छैन भने दुई तला मुनि रहेकाे ग्राउण्ड फ्लाेर जान पनि अत्यन्त चिप्लाे छ । फस्टफ्लोरबाट तल खेल्ने ठाउँ र त्यो भन्दा पनि तल पार्किङस्थल भएकाले सो बिल्डिङमा दुई तल्ला तल पार्किङ गर्न पुग्नुपर्छ । अत्यन्त भिरालो सो बाटोमा यताबाट उता गाडी आउजाउ भएको देखिँदैन ।

घटनास्थलमा रहेका भाटभटेनीका ग्राहकले साे स्थानमा चालकहरूलाई कठिनाई रहेकाे बताए । भाटभटेनी सञ्चालकले यसतर्फ ध्यान दिएर चिप्लाे बाटाेलाई यथाशीघ्र बनाउन उनीहरूले माग गरेका छन् । घाईते परिवारले भाटभटेनी व्यवस्थापनले नि:शुल्क उपचार गरिदिनुपर्ने माग गरेकाे छ ।
तीन साता अघि मात्रै पार्किङमा रहेकाे कारमा आगो लाग्दा ठूलो दुर्घटना टरेको थियो ।
सम्बन्धित खबर
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला