पाेखरा । पाेखराकाे न्यूराेड स्थित भाटभटेनी परिसरमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाईते भएकी छन् ।
ग्राउण्ड फ्लाेरकाे पार्किङ स्थलमा जाने क्रममा अाेरालाेमा पुग्ने ठाउँमा एक्कासी स्कुटर चिप्लिँदा पाेखरा सिम्पानीकी बिन्दु तामाङकाे दाहिने खुट्टा भाँच्चिएकाे हाे । उनकाे नली खुट्टा छालाले मात्र छुट्टिन बाँकी हुने गरी भाँच्चिएकाे छ । हड्डी नै पुरै भाँचिदा खुट्टा नै दुइ टुक्रा भएको छ ।
ग१०प ३९४३ नम्बरकाे स्कुटरमा सवार उनी पानी परेका बेला अत्यन्त चिप्लाे हुने साे ठाउँमा अाफूलाई नियन्त्रण गर्न नसक्दा एक्कासी लडेकी हुन् । उनलाई तत्काल मेट्राे सिटी हस्पिटल लगिएकाे छ ।
शनिबार अत्यन्त भिड, पानी पर्दा चिप्लाे भएकाले पनि साे ठाउँमा सवारी चलाउँदा डरमर्दाे छ । बाहिर पर्याप्त स्थान छैन भने दुई तला मुनि रहेकाे ग्राउण्ड फ्लाेर जान पनि अत्यन्त चिप्लाे छ । फस्टफ्लोरबाट तल खेल्ने ठाउँ र त्यो भन्दा पनि तल पार्किङस्थल भएकाले सो बिल्डिङमा दुई तल्ला तल पार्किङ गर्न पुग्नुपर्छ । अत्यन्त भिरालो सो बाटोमा यताबाट उता गाडी आउजाउ भएको देखिँदैन ।

घटनास्थलमा रहेका भाटभटेनीका ग्राहकले साे स्थानमा चालकहरूलाई कठिनाई रहेकाे बताए । भाटभटेनी सञ्चालकले यसतर्फ ध्यान दिएर चिप्लाे बाटाेलाई यथाशीघ्र बनाउन उनीहरूले माग गरेका छन् । घाईते परिवारले भाटभटेनी व्यवस्थापनले नि:शुल्क उपचार गरिदिनुपर्ने माग गरेकाे छ ।
तीन साता अघि मात्रै पार्किङमा रहेकाे कारमा आगो लाग्दा ठूलो दुर्घटना टरेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए