पोखरा । प्रतिभा क्रिकेट टुर्नामेन्ट शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा हुनेछ ।
१० ओभरमा खेलाईएको प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा हुनेछ । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर प्रतियोगितामा खेलाइएको छ ।
पछिल्लो समय युवापुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढिरहेको अवस्थामा विद्यालय तहमा भएको यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न सहज हुने प्राचार्य सापकोटाले बताए । ‘युवापुस्तामा क्रिकेट क्रेज निकै नै बढेको छ । पछिल्लो समय त क्रिकेटले युवापुस्तालाई आकर्षण गरेको छ,’ सापकोटाले भने, ‘स्कुले विद्यार्थीदेखि माथिल्लो तहसम्म क्रिकेटको क्रेज बढेकोले पनि प्रतियोगिता गरेका हौ । यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न पनि सघाउनेछ ।’
विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतिश्पर्धाले सम्भावित क्रिकेट खेलाडी पहिचान गर्दै आगामि दिनमा ती विद्यार्थीलाई अरु प्रतियोगितामा सहभागि गराउन सघाउने उनले बताए । आगामि दिनमा पनि विद्यालयले यस्तै प्रतियोगिता आयोजना गर्दै जाने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयमा हुने वार्षिक खेलकुद कार्यक्रममा समेत क्रिकेटलाई नियमित रुपमा गर्दै लैजाने तयारी छ । उत्कृष्ट टिम र खेलाडीलाई पुरस्कृत गरिने पनि उनले बताए ।

संचालक समितिका अध्यक्ष पौडेलले क्रिकेटका प्रतिभावान खेलाडी पहिचान गर्न यस्ता प्रतिश्पर्धा आवश्यक रहेको बताए । विद्यालयमा किताबी अध्ययन बाहेक खेलकुदमा रुची हुने विद्यार्थीले यस्ता प्रतियोगिता मार्फत पहिचान बनाउन सक्ने उनले बताए । ‘अब्बल खेलाडी पहिचान गर्ने अवसर पनि यो प्रतियोगिता हो,’ पौडेलले भने ।
प्रतिभा माविले यसअघि क्रिकेटका सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई प्रतिभा युवा वर्ष पुरस्कार स्वरुप जनही एकलाख रुपैयाँ पुरस्कार समेत दिईसकेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर