पोखरा । प्रतिभा क्रिकेट टुर्नामेन्ट शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा हुनेछ ।
१० ओभरमा खेलाईएको प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा हुनेछ । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर प्रतियोगितामा खेलाइएको छ ।
पछिल्लो समय युवापुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढिरहेको अवस्थामा विद्यालय तहमा भएको यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न सहज हुने प्राचार्य सापकोटाले बताए । ‘युवापुस्तामा क्रिकेट क्रेज निकै नै बढेको छ । पछिल्लो समय त क्रिकेटले युवापुस्तालाई आकर्षण गरेको छ,’ सापकोटाले भने, ‘स्कुले विद्यार्थीदेखि माथिल्लो तहसम्म क्रिकेटको क्रेज बढेकोले पनि प्रतियोगिता गरेका हौ । यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न पनि सघाउनेछ ।’
विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतिश्पर्धाले सम्भावित क्रिकेट खेलाडी पहिचान गर्दै आगामि दिनमा ती विद्यार्थीलाई अरु प्रतियोगितामा सहभागि गराउन सघाउने उनले बताए । आगामि दिनमा पनि विद्यालयले यस्तै प्रतियोगिता आयोजना गर्दै जाने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयमा हुने वार्षिक खेलकुद कार्यक्रममा समेत क्रिकेटलाई नियमित रुपमा गर्दै लैजाने तयारी छ । उत्कृष्ट टिम र खेलाडीलाई पुरस्कृत गरिने पनि उनले बताए ।

संचालक समितिका अध्यक्ष पौडेलले क्रिकेटका प्रतिभावान खेलाडी पहिचान गर्न यस्ता प्रतिश्पर्धा आवश्यक रहेको बताए । विद्यालयमा किताबी अध्ययन बाहेक खेलकुदमा रुची हुने विद्यार्थीले यस्ता प्रतियोगिता मार्फत पहिचान बनाउन सक्ने उनले बताए । ‘अब्बल खेलाडी पहिचान गर्ने अवसर पनि यो प्रतियोगिता हो,’ पौडेलले भने ।
प्रतिभा माविले यसअघि क्रिकेटका सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई प्रतिभा युवा वर्ष पुरस्कार स्वरुप जनही एकलाख रुपैयाँ पुरस्कार समेत दिईसकेको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’