पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालित प्रतिभा क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ ।
शनिबार भएको फाइनल खेलमा कक्षा १२ को व्यवस्थापन संकायको बिहानी सत्रको सेक्सन बी १३ रनले विजयी हुँदै उपाधि जितेको हो । दिवासत्रको व्यस्थापन समूहको १२ कक्षा उपविजेता बन्यो । आशिष विक म्यान अफ दी म्याच बने ।
प्रतियोगितामा बेस्ट बलर पनि आशिष नै बने । ९१ रन लिएका राहुल शर्मा बेस्ट ब्याट्सम्यान बने । रोहन चन्द बेस्ट फिल्डर बनेका छन् । प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा भएको थियो । १० ओभरमा खेलाईएको प्रतियोगितामा विजयी टिमलाई विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा लगायतले शिल्ड र मेडल प्रदान गरेका थिए ।
प्राचार्य सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चार समूह थिए । त्यस्तै, प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा भएको थियो । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर प्रतियोगितामा खेलाइएको थियो ।
संचालक समितिका अध्यक्ष पौडेलले क्रिकेटका प्रतिभावान खेलाडी पहिचान गर्न यस्ता प्रतिश्पर्धा आवश्यक रहेको बताए ।
युवापुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढेकोले विद्यालयले टुर्नामेन्ट आयोजना गरेको प्राचार्य सापकोटाले बताए । विद्यालय तहमा भएको यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न सहज हुने उनको विश्वास छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु