पोखरा । राष्ट्रिय युवा संघ, पोखरा महानगर कमिटिको आयोजनामा पोखरामा दुई दिनसम्म सञ्चालित ‘पोखरा महानगर फुटसल कप–२०८०’ को उपाधि पोखरा वडा नं. १ ले जितेको छ ।
आज भएको फाइनल खेलमा पोखरा वडा नं. ११ लाई २–० गोलले हराउँदै पोखरा १ च्याम्पियन बनेको हो । उपाधिका लागि नकुल तामाङ र विनय तामाङले एक एक गोलको योगदान दिए ।
उपाधि होडमा पुग्ने क्रममा सेमिफाइनलमा पोखरा १ ले पोखरा १८ लाई विनयकै निर्णायक गोलमा १–० गोलले हराएको थियो । दोस्रो सेमिफाइनलमा पोखरा ११ ले २७ लाई २–० गोलले हराएकोमा प्रमिस गुरुङले एक्लै २ गोलको योगदान दिएका दिए ।
विजेता पोखरा १ ले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता पोखरा ११ ले नगद २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उपविजेता पोखरा ११ का धन गुरुङ भए । उत्कृष्ट गोलरक्षक पनि पोखरा ११ कै लक्ष्मण गुरुङ भए । हाइ स्कोरर मादी गाउँपालिकाका प्रविन गुरुङ भए । उनले ७ गोल गरेका थिए । अनुशाषित टीम पोखरा वडा नं. १७ भयो । उत्कृष्टहरु पनि नगद २ हजार र मेडलसहित पुरस्कृत भए ।
स्पोर्ट्स क्यासलमा आयोजित फुटसल कपको समापन अवसरमा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष छितिज थेवे, युवा संघका पूर्व अध्यक्ष राजिव पहारी, नेकपा एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा , नेकपा एमाले महानगर कमिटिका अध्यक्ष दिलीप न्यौपाने, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटि अध्यक्ष विवेक देवकोटा, युवा संघका प्रदेश संयोजक विकास अधिकारी, स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह-ईन्चार्ज सुवास सापकोटा, युवा संघका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह-ईन्चार्ज मदन गिरी, अनेरास्वियुका केन्द्रिय सचिव आशिर्वाद सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’