पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा पुरुषतर्फ श्रीलंका आर्मी टिम र टिप टप हेल्प नेपालले आ–आफ्नो खेल जितेका छन् ।
पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित भएको छ ।
तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले बुझाउन पुग्यो । नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका दुई सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि अन्ततः २५–१६ ले पुलिसलाई बुझाउन पुग्यो । खेलमा टाइगर अफ दि म्याच नेपाल पुलिसकी उषा भण्डारी बन्न सफल भइन ।
जित संगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ । यो संगै नेपाल पुलिस ४ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छ । पुलिसले आफ्नो पहिलो खेल एपिएफ क्लब संग ३–१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समुहमा एपिएफ २ अंकका साथ दोश्रो स्थानमा छ ।
यस्तै महिलातर्फको दोश्रो अेलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि दोस्रो सेट भने २०–२५ ले गुमायो । आर्मी तेस्रो सेटमा हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो तर चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ को जित निकाल्यो भने अन्तिम सेटमा १५–१२ को जित निकाल्दै अन्तिम चारको सम्भावना जिवितै राखेको छ । खेलमा नेपाल आर्मीकी सोफिया पुन म्याच अफ दि टाइगर घोषित भइन् ।
यता पुरुषतर्फ पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले बिभागीय क्लब एपिएफलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो पटक नेपाल खेल्न आएको पाहुना टोली श्रीलंका आर्मी टोलीले पहिलो सेट २३–२५ को पछि परेको श्रीलंका आर्मी खेलमा फर्किदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भयो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९ ले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ ले पुनरगामन गर्दै समुह बि मा ३ अंक हात पारेको छ । खेलमा श्रीलंका आर्मीका खेलाडी सजिथ केनुमारत्ने म्याच अफ दि टाइगर बन्न सफल भए ।
पुरुषतर्फ नै तीन जना पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टोली त्रिभुबन आर्मी क्लब बिचको खेलमा हेल्प नेपालले ३–१ सेटमा आफ्नो पहिलो खेल जित्दै २ अंक हात पारेको छ । पहिलो दुई सेट २५–१८ र २५–२० ले जितेको हेल्प नेपालले तेश्रो सेटमा नेपाल आर्मी खेलमा पुनरागमन गर्दै २५–२३ ले जित्यो तर चौथो सेट २५–२० ले हेल्प नेपाललाई सुम्पियो । खेलमा टिप टप हेल्प नेपालका माझर अली टाइगर अफ दि म्याच बनेका छन् ।
लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाणा टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्र्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला