पोखरा । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा लिग चरणमा आफ्ना दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिनको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब संग ३–० सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । डिफेन्डिङ च्याम्पियन एपिएफले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट २५–०९ र तेश्रो सेट २५–१७ ले गुमाउन पुग्यो ।
खेलमा यो जित संगै एपिएफ ग्रुप बी बाट ५ अंकका साथ शिर्ष स्थानमा रहेको छ । एपिएफले आफ्ना दुबै खेल जितेको छ । एपिएफले नेपाल पुलिस संग ३–२ ले जितेको थियो । यता सोही समुहमा ४ अंकका साथ नेपाल पुलिस क्लब दोश्रो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि लिग चरणका खेलहरु जारी रहनेछन् । खेल तालिका अनुसार आजको दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबले पाहुना टोली हरियाणा पुलिस क्लबको सामना गर्नेछ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमका बिच तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघका बिच हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाणा टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तस्विरः योगेन्द्र श्रेष्ठ
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’