१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।
नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकहरुले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजानिक गर्दा थप रोचक हुने बताए । साथै, विद्यार्थीहरुलाई दौडने तरिका प्रतियोगिता हुनु अगावै एक पटक विद्यालयहरुमा पुगि सिकाउन समेत सुझाव दिए ।
हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले विद्यार्थीहरुको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे । कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधित्व गरेका व्यक्तिहरुले आफ्नो सुझाव राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको अन्तरक्रियामा नीजि विद्यालयहरुका छाता संगठनहरु हिसान, प्याब्सन, एन– प्याब्सन, पोउवा संघ, गोर्खा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बाल परिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड (पिस रन) का निर्देशक सलिल विलसन, एसिएन प्यासिडिन्स कोर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायतका संघ संस्थाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर