प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशसँग बागमती प्रदेश स्तब्ध भएको छ।बागमतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।
गण्डकीका करण पंगेनीले ९८ बलमा ६ चौका र ३ छक्का हान्दै ७९ रनको महत्त्वपूर्ण योगदान दिए। ईश्वर क्षत्रीले ३६ र मुस्कान थापाले २७ रन थपे। समिर कँडेलले १९ र कमल परियाले २० रन बनाए।
चार ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। बागमतीका लागि प्रतिश जिसीले २ विकेट लिए। रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले समा एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ५ बल अगावै १ सय ९८ रनमा अलआउट भयो। ओपनर आशुतोष घिमिरे ४४ रनमा कमल परियारको बलमा एलबीडब्लु धरापमा परे। उनले ६९ बलमा ५ चौका हाने।
इसान पाण्डे ४३ रनमा आउट भए। ६२ बलमा २ चौका र २ छक्का प्रहार गर्दा कमल कै बलमा क्याच आउट हुन पुगे। विपिन आचार्य ३८ रनमा रन आउट भए। ४७ बलमा १ चौका र १ छक्का हानेका अशोक पौडेलले ३० रन थपे।
सूर्य तामाङ १५ रनमा बोल्ड आउट भए। गण्डकीका लागि कमल परियारले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए।
विपिन खत्रीले १० ओभरमा २ मेडन राख्दै २७ रन दिएर २ विकेट झारे। अमृत गुरुङले २ विकेट झारे। सन्दीप पराजुलीले एक विकेट आफ्नो नाममा गरे।
आजै भैरहवाको सिद्धार्थनगरमा भएको अर्को खेलमा विभागीय डर्बीमा त्रिभुुवन आर्मी क्ललबे एपीएफ क्लबलाई ४ विकेटले हराएको छ।
एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले ३२.४ ओभरमा १ सय २१ रनमा अलआउट भयो।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प