प्रहरी प्रधान कार्यालयले सहकारी ठगीका आरोपी जिबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीको पत्राचारका आधारमा राईविरुद्ध यस्तो नोटिस जारी भएको हो ।
सूर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा डिफ्युजन नोटिस जारी गरिदिन भन्दै केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालका अनुुसार दुई साताअघि नै डिफ्युजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गएको हो । सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न सिफारिस गरेको उनले बताए ।
राई हाल मलेसियामा रहेको प्रहरीको आशंका छ । यस्ते नोटिस जारी भएपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन