प्रहरी प्रधान कार्यालयले सहकारी ठगीका आरोपी जिबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीको पत्राचारका आधारमा राईविरुद्ध यस्तो नोटिस जारी भएको हो ।
सूर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा डिफ्युजन नोटिस जारी गरिदिन भन्दै केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालका अनुुसार दुई साताअघि नै डिफ्युजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गएको हो । सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न सिफारिस गरेको उनले बताए ।
राई हाल मलेसियामा रहेको प्रहरीको आशंका छ । यस्ते नोटिस जारी भएपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’