पोखरा । कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।
कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुने बताए ।
न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उनले साहित्यिक लेखनमा निरन्तरता हुने विश्वास व्यक्त गरे ।
कृतिका समिक्षक विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले शाहस, संघर्ष र धैर्यताका कथा ‘नदेखिएका घाउ’ मा रहेको बताए । जीवनका भोगाईलाई न्यौपानेले कृतिमा प्रस्तुत गर्न खाज्नुुभएको उनले बताए ।
प्रा.डा.रामनाथ ओझाले आत्मकथा लेखन आफैमा धेरै दुत्साहपूर्ण लेखन भएको बताउँदै न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको बताए ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुर्गा बहादुर शाह (बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा कृयाशिल व्यक्तित्वहरू आवद्ध रहेको बताए । न्यौपानेको नदेखिएको घाउ कृति साहित्यिक क्षेत्रमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गरेका थिए भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गरेका थिए ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कविता पाण्डे लगायतले कृति र साहित्यका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’