तपाईं बाइक चलाउनुहुन्छ ? अब पार्किङ गरेर कतै जानुपर्दा सचेत रहनुहोला । पोखरामा दुई दिनमै ९ वटा बाइक हराएको गुनासो आएको छ । प्रहरीमा भने दुई दिनमा पाँच वटा बाइक हराएको मात्र जानकारी प्राप्त भएको कास्की ट्राफिकले जनाएको छ ।
स्याङ्जा पौवेगौडे घर भई बिरौटा बस्दै आएका ला ग्राण्डीका विद्यार्थी दिनेश रेग्मीले दारी ग्याङ समूहमा बाइक हराएको भन्दै तस्विर सहित पोस्ट गरे । उनले स्याङ्जाकै युवकको बाइक हराएको सम्बन्धी पोस्ट गर्दै आइतबार ७ र सोमबार सोहि ठाउँबाट २ वटा बाइक हराएको स्टाटस लेखेका हुन् ।
स्याङ्जा आँधीखोला पाख्रीबोटका चोलाकान्त पौडेल पोखरामा बसेर कोरियन भाषा सिक्दै आएका छन् । आइतबार बिहानै ६ बजे भाषा कक्षा सिक्न आएका पौडेलले चिप्लेढुंगा स्थित विशाल बजार छिर्ने गेट नेर आफ्नो ग १५ प २८१८ नम्बरको बाइक पार्किङ गरेका थिए । तर कक्षा सकेर बाहिर निस्कने बेला आफ्नो बाइक देखेनन् । त्यसपछि उनी प्रहरीकहाँ पुगे ।
प्रहरीले आइतबार र सोमबार दिउँसो ३ बजेसम्ममा ५ वटा बाइक हराएको जानकारी आएको बताएको छ । चिप्लेढुंगाबाट ग १५ प २८१८ सहित ओपनहाउसबाट ग१४प ७८८३, बाझापाटनबाट ग१३प ७७५६, चिप्लेढुंगाबाट ग४प ६३७८, काजीपोखरीबाट ग३प ११३८ नम्बरको बाइक हराएको उजुरी टिपाएको ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बाइक हराएकोबारे अनुसन्धान कमिटि नै बनाउने तयारी भएको जनाए । उनले आफूले एक दिनमै यति धेरै संख्यामा बाइक हराएको बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
गत चैत दोस्रो साता कास्की प्रहरीले बाइक चोर्ने गिरोह नै सार्वजनिक गरेको थियो । पोखरा र तनहुँको भिमाद क्षेत्रबाट ११ जना बाइक चोरहरुलाई पक्रिन सफल भएको थियो । कास्की प्रहरीको यो ठूलो सफलता थियो ।

गत चैत १२ गते कास्की प्रहरीले सार्वजनिक गरेको चोरीका फेला परेका बाइक र चोरहरु ।
तर, पोखरामा एकैदिन आधा दर्जन बाइक चोरी भएपछि बाइक चालक त्रसित छन् । कास्की प्रहरीलाई चुनौति थपिएको छ ।
सम्बन्धित समाचार:
यही हो बाइक चोर्ने गिरोह, टार्गेटमा २२० पल्सर, कसरी चोर्थे ? हेर्नुहोस्
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’