पोखरा । विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।
च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।
खेल संयोजक विकास साईका अनुसार सो प्रतियोगिताबाट डोना एफसीका विनय तामाङ सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।
यस्तै सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशिष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।
कुल २८ टिमको सहभागिताबाट विजेता तथा उपविजेता बनेका टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्ण बहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साई लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’