आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा पोखरेलीको प्रिय टीम मानिने मनाङ मर्स्याङदी क्लबलाई सडेन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव सेमिफाइनल प्रवेश गरेको छ।
निकै रोमाञ्चकारी खेलमा टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उमेश चौधरीले रोक्दा जावलाखेलले अन्तिम ४ मा स्थान पक्का गरेको हो।
त्यसअघि अन्तिम एक मिनेट अग्रता जोगाउन नसक्दा जावलाखेलले विजयी हुनका लागि टाइब्रेकरसम्म दबाव खेप्नुपरेको थियो। पहिलो हाफमा दुवै टिम गोलविहीन बनेका थिए। तर, खेलको ५५ मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गरेर मनाङ विरुद्ध अग्रता लिएका थिए।
१–० ले पछाडि परेपछि मनाङ जावलाखेल विरुद्ध झनै आक्रामक खेलेको थियो। तर, जावलाखेलसँग बराबरी हुनका लागि खेलको अन्तिम मिनेटसम्मै मनाङले मेहनत गर्नुप¥यो। खेलको ८९ औं मिनेटमा बल्ल मनाङका राजेश परियारले गोल गरेर टिमलाई बराबरीमा पु¥याए। मनाङले ८९ औं मिनेटमा गोल गरेपछि निर्धारित समयमको खेल १–१ को बराबरीमा सकिएको थियो। अन्तिम एक मिनेट थामिन नसक्दा जावलाखेल विजयी सुनिश्चित गर्न असफल भएको थियो।
निर्धारित समयमा १–१ ले बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। आधा घण्टा थपिएको अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पहिलो पेनाल्टीलाई जावलाखेल विशाल तामाङले गोलमा परिणत गरेका थिए। त्यसलगत्तै मनाङका जय गुरुङले पनि पोनाल्टीलाई गोल गरेर बराबरी बनाए। जावलाखेलका पुस्कर खड्काले गोल गरेकोमा मनाङका अशोक खवासले बराबरी तुल्याए। त्यसपछि जावलाखेलका छिरिङ लामाले गोल गरे। तर मनाङका निशान लिम्बुको प्रहार भने मिस भयो। लिम्बुको प्रहार जावलाखेलका किपर उमेश चौधरीले बचाए।
त्यसपछि जावलाखेलका प्रवेश कुँवरले गोल गरेका थिए। मनाङका सुदीप श्रेष्ठको पनि गोल भयो। श्रेष्ठको प्रहार पोष्टमा लागेपनि गोलमा बदलियो। तर, जावलाखेलका गोलकर्ता हिसुब थपलियाको भने मिस भयो। हिसुबको प्रहार मनाङका किपर जियारथ शेखले बचाए। मनाङका अश्विन घोरसैनीले गोल गरे। पहिलो पाँच पेनाल्टीमा दुवै टिमले ४ गोल गरे भने १ मिस गरेका थिए। त्यसपछि जावलाखेलका सेवान्त थापाको प्रहार मनाङका किपर जियारथ शेखले बचाए। लगत्तै मनाङका सुरज सिंहको प्रहार पनि जवालाखेलका किपर चौधरीले बचाए।
जावलाखेलका हरिशराज भट्टले गोल गरे। लगत्तै मनाङका लक्षु थापामगरले गोल गर्दा हानिएका ७–७ पेनाल्टी प्रहारमा ५–५ गोल भएको थियो। त्यसपछि जावलाखेलका शिशिर लेखीले गोल गरेका थिए भने मनाङका किपर जियारथ आफैँ पेनाल्टी हान्दै ६–६ को बराबरीका पुर्याएका थिए। जावलाखेलका प्रदीप बुढाथोकीले गोल गरेर। तर मनाङका रणदिप पौडेलको प्रहारलाई भने जावलाखेलका उमेशले रोक्दा जावलाखेलले ७–६ ले अगाडि रहदै टिमलाई सेमिफाइनलमा पुर्याए।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?