आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा सर्वाधिक सफलमध्ये एक टोली विभागीय नेपाल पुलिस क्लव क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
खेलको ७२ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तामाङको त्यही गोल नै टिमको जितका लागि काफि रह्यो।
नेपाल पुलिस क्लवले आहारारा गोल्डकपमा अहिलेसम्म २२ मध्ये २१ पटक खेलेको छ। आहारारामा पुलिस ११ पटक फाइनलमा खेलेको टिम हो। जसमा मनाङसँगै सर्वाधिक ६ पटक उपाधि जितेको छ।
पुलिसले २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट भएको पहिलो संस्करण नै जितेको थियो भने २०६४ देखि २०६६ सम्म लगातार तीनपटक उपाधि जितेर ह्याट्रिक पनि गरेको थियो। पछिल्लोपटक पुलिसले २०७४ सालमा उपाधि जितेको थियो। शहीद स्मार ए डिभिजन लिगको पछिल्लो संस्करणको विजेता चर्च ब्वाइज लगातार दोस्रोपटक आहारारा खेलेको हो। गतवर्ष चर्च ब्वाइज सेमिफाइनलसम्म पुगेको थियो।
२३ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा चर्च ब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन्।
अब चर्च ब्वाइजले विहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा