आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा सर्वाधिक सफलमध्ये एक टोली विभागीय नेपाल पुलिस क्लव क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
खेलको ७२ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तामाङको त्यही गोल नै टिमको जितका लागि काफि रह्यो।
नेपाल पुलिस क्लवले आहारारा गोल्डकपमा अहिलेसम्म २२ मध्ये २१ पटक खेलेको छ। आहारारामा पुलिस ११ पटक फाइनलमा खेलेको टिम हो। जसमा मनाङसँगै सर्वाधिक ६ पटक उपाधि जितेको छ।
पुलिसले २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट भएको पहिलो संस्करण नै जितेको थियो भने २०६४ देखि २०६६ सम्म लगातार तीनपटक उपाधि जितेर ह्याट्रिक पनि गरेको थियो। पछिल्लोपटक पुलिसले २०७४ सालमा उपाधि जितेको थियो। शहीद स्मार ए डिभिजन लिगको पछिल्लो संस्करणको विजेता चर्च ब्वाइज लगातार दोस्रोपटक आहारारा खेलेको हो। गतवर्ष चर्च ब्वाइज सेमिफाइनलसम्म पुगेको थियो।
२३ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा चर्च ब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन्।
अब चर्च ब्वाइजले विहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो